सोलुखुम्बु प्रशासनद्धारा हातहतियार बुझाउन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ६
सोलुखुम्बु ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन आग्रह गरेको छ । 

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वस्नीय वातावरणमा सम्पन्न गराउन जिल्लामा विविध कारणले विभिन्न व्यक्ति तथा समुहसँग अवैधरुपमा रहेका हातहतियार तथा खरखरजना यहि माघ १५ गतेसम्म बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले जानकारी दिए ।

आफूसँग भएका हतियार जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । तोकिएको अवधिभित्र अवैध हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । निर्वाचनको समयमा कुनै पनि किसिमको अवाञ्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको प्रशासनले जनाएको छ ।

त्यस्तै, इजाजतपत्र प्राप्त हातहतियारहरू निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने पनि प्रशासनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउने साझा दायित्व भएकाले सबै नागरिक, सरोकारवाला निकाय तथा हातहतियार धनीहरूलाई सूचनाको पालना गर्न आग्रह गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *