नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ । गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो । सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे प्रधान कार्यालयले मातहतका युनिटहरूलाई जानकारी गराउँदै आवश्यक कारबाहीका लागि निर्देशन दिएको छ ।

यसअघि प्रहरी उपरीक्षक (एसपी) हरूको पनि ठुलो सङ्ख्यामा सरुवा भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *