सेबु डम्पसाइट दुर्घटनाः मृतक ३५ पुगे, खोजी जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

मनिला । फिलिपिन्सको सेबु शहरमा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पसाइट) भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। सेबु सिटीको ब्युरो अफ फायर प्रोटेक्सन (बीएफपी)ले शनिबार यसबारे जानकारी दिएको हो।

जनवरी ८ मा डम्पसाइटको एक भाग ढलेपछि त्यहाँ कार्यरत कामदारहरू भग्नावशेषभित्र फसेका थिए। १८ जनालाई जीवितै उद्धार गरिएको भए पनि सबै घाइते भएका थिए। अहिले पनि एक जना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको बीएफपीले जनाएको छ।

स्थानीय अधिकारीहरूले घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरेको बताए। खोज, उद्धार तथा शव सङ्कलन कार्य निरन्तर चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *