पुलबाट मोटरसाइकल खस्दा एक भारतीय नागरिकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाण्डौँ । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गौर–गंगापिपरा सडक खण्डमा पर्ने सो पुलबाट बिआर ३० एई ५१३८ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा भारतको बिहार राज्य, शिवहर जिल्लास्थित महनपुर गाउँका मिन्टु पासवान रहेका छन् । उनको पहिचान मोबाइलमा आएको परिवारको फोनमार्फत प्रहरीले पुष्टि गरेको हो ।

सोही दुर्घटनामा परी सोही गाउँका राजेश पासवान गम्भीर घाइते भएका छन् । उनलाई प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार अत्यधिक तीव्र गति र चालकले मदिरा सेवन गरेका कारण मोटरसाइकल अनियन्त्रित भई पुलबाट खसेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *