मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । वीरेन्द्रनगर नगरपालिका ११ पिपिराचोकमा कर्णाली प्रदेश ०२– ००२ प ३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर १३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

मोटरसाइकल चालक लेकबेँसी नगरपालिका ३ का २९ वर्षीय हर्कबहादुर बस्नेत घाइते भएको प्रहरीले जनाएको छ। उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *