सेती प्रादेशिक अस्पतालमा सुत्केरीको शव तीन दिनदेखि उठेन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

काठमाण्डौँ । सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि उठेको छैन् ।

बुधबार साँझ ५ बजे ज्यान गुमाएकी गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षीया राधिका नेपालीको शव अहिलेसम्म नउठाउने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नेपालीको शव प्रादेशिक अस्पतालको शव गृहमा रहेको बताए ।

उनका अनुसार राधिकाको मृत्युको विषयमा पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहेपनि निष्कर्षमा नपुगेका कारण शव नउठेको हो ।

शल्यक्रियामार्फत नवजात शिशु (छोरी) लाई जन्म दिएपछि सुत्केरीको स्वास्थ अवस्था जटिल बनेको थियो ।

२३ गते दिउँसो शिशु जन्माएकी नेपालीको उपचारका क्रममा साँझ मृत्यु भएको थियोे । आमाको मृत्युु भएपनि नवजात शिशु भने जिवितै छ ।

परिवारले भने चिकित्सकको लापरबाहीले नेपालीको मृत्यु भएको भन्दै कानुनबमोजिम कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *