|
२०८२ मंसिर १८
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजका भीम सार्कीले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमा पाँच चौका र चार छक्कासहित अर्धशतक प्रहार गर्दै नेपाली खेलाडीमध्ये सबैभन्दा छिटो पचास रन बनाउने कीर्तिमान बराबरी गरेका छन्।
यसअघि यस सिजनमै सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी हरमित सिंहले १९ बलमै पचास रन जोडेका थिए। गत सिजनमा जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमा बनाएको रेकर्ड भने यथावत छ।
आजको प्रदर्शनसँगै यो संस्करणमा अर्धशतकको संख्या २९ पुगेको छ, जसमा २५ खेलाडीले योगदान गरेका छन्। चितवन राइनोजका रवी बोपराका तीन अर्धशतक सबैभन्दा धेरै छन्, भने कुशल भुर्तेल, प्रियान्क पञ्चाल लगायतका खेलाडीले दुई–दुई अर्धशतक प्रहार गरिसकेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्