|
२०८२ आश्विन ४
काठमाडौं । भूमिगत विद्युत केबल बिछ्याउने कार्यका कारण काठमाडौंका केही क्षेत्रमा आज दुई पटक गरी दुई घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण दरबारमार्ग वितरण केन्द्रका अनुसार बिहान ८ बजेबाट १० बजेसम्म सुन्धारा, सिभिल मल, सेन्ट्रल जेल, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोक र वरपरका क्षेत्रहरूमा विद्युत आपूर्ति रोकिनेछ।
त्यस्तै, दिउँसो १२ बजेबाट २ बजेसम्म पुष्पलाल पार्क, ढल्को, क्षेत्रपाटी, पकनाजोल, धोबिचौर, ठहिटी, ज्याठा लगायतका क्षेत्रमा विद्युत सेवा बन्द हुनेछ।
प्राधिकरणले कार्य निर्धारित समयभन्दा छिटो सम्पन्न भएमा सेवा पुनः सुचारु गरिने जानकारी दिएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्