|
२०८२ भाद्र १७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ ।
नेकपा एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार उनीहरूबिच भेटवार्ता भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए ।
उनका अनुसार बैठकमा समाजवादी मोर्चालाई सक्रिय बनाउने, बाम एकताका लागि पहल गर्ने विषयमा छलफल भएको हो ।
त्यस्तै पार्टीभित्र देखिएका असमझदारीलाई निराकरण गर्ने विषयमा पनि छलफल भएको उपमहासचिव भट्टराईले बताए ।
बैठकमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे लगायत सहभागी थिए ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्