बंगलादेश उथलपुथलबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २२

काठमाडौँ : बंगलादेशको अवस्थाबारे छलफल गर्न अहिले भारतीय संसदमा सर्वदलीय बैठक बसिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बैठक संसद् भवनमा सुरु भएको छ।

बैठकमा केन्द्रीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभामा सदनका नेता जेपी नड्डा, संसदीय मामिलामन्त्री किरेन रिजिजु उपस्थित छन्। बैठकमा राहुल गान्धी र केसी वेणुगोपाल पनि पुगेका छन्।

द्रमुकका टीआर बालु, जेडीयूका लल्लन सिंह, सपाका रामगोपाल यादव, टीएमसीका सुदीप बन्द्योपाध्याय, आरजेडीका मीसा भारती, एसएस (यूबीटी) अरविन्द सावन्त, बीजेडीका सस्मित पात्रा, एनसीपी (एसपी)का सुप्रिया सुले, टीडीपीका रामनाथ मोदी पनि उपस्थित छन्। भारतीय सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री एस जयशंकर बंगलादेशको अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *