सोलुखुम्बु माप्यमा ६४ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ३०

३० बैशाख , २०७९ – सोलुखुम्बु माप्य दुधकोशी गाउपालिका भर सात वडा रहेको माप्यमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । माप्य दुधकोशी गाउपालिका भर सात वडामा कुल दस हजार चार सय अठसठ्ठी मतदाता मतदाता रहेका थिए । जसमध्य करिब ६४ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

वडा न १ मा दुई वटा मतदान केन्द्रमा दुधकोशी आवि बुम्बुरीमा ३९१ जुभिङ माविमा ४२३ मत खसेको छ । त्यस्तै वडा न २ मा चन्द्रोदय आधारभुत विद्यालयमा २६५ वासाखाली माविमा ५२८ मत खसेको छ । वडा न ३ मा पनि दुई वटा मतदान केन्द्ररहेको पद्मकन्या आधारभुत विद्यालय दाम्कुमा ५१५ र हिमालय मा वि खास्तापमा ३२२ वडा न ४ मा एउटै मतदान केन्द्र रहेको काकु मा वि भेडा चौरमा क र ख गरि ४४९ र ४३६ मत खसेको छ । त्यस्तै पालिकाको सबै भन्दा मतदाता रहेको वडा न ५ मा तीन वटा मतदाता केन्द्र रहेको छ । जसमध्य सुन्दर झर्न आ वि ढकमलुङमा ३६४ सिहदेवि आ वि  विद्यालय मुरलमा ५१५ देविस्थान आ वि काकु सरिमामा ५१५ मत खसेको छ ।

क्रमश ६ नम्बर वडामा जलेस्वरी नि मा वि वाप्साखानिमा ५०५ सगरमाथा मा वि वाकु क केन्द्रमा ७०५ र ख केन्द्रगरी ३४४ मत खसेको छ ।

पालिकाको अन्तिम ७ नम्बर वडामा बुद्धि विकास आ वि सोलाबनमा १७३ सरस्वती आ वि वाकुमा १९४ हिमालय आधारभूत बिधालय हाकुलामा ६१३ मत खसेको निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिनु भयो । सबै वडाको मत पेटिकाको संकलन भैसकेपछी सर्बदली बैठक बसि मत गणना सुरु गर्ने गुरुङले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *