स्थानीय तह निर्वाचन : उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी आजै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख १३

१३ बैशाख, काठमाण्डौ – स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । 


तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । ​जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *