|
२०७९ बैशाख ९

९ वैशाख, चितवन – राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।
संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारी दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्