अवसरवाद र अराजकतालाई परास्त गर्न ओलीको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ७

झापा – एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् । 

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ । 

करिब तीन हजार जना सहभागी कार्यक्रमा ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गरेका छन् । कार्यक्रममा साढे पाँच हजार जना एमालेमा प्रवेश गरेको जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *