बाढीपहिरो पीडितको अवस्था बुझ्न प्रधानमन्त्री सुनसरीमा, पाँचथर र इलाम पनि जाने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ७

सुनसरी – प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो पीडितको अवस्थाबारे जानकारी लिन सुनसरी पुगेका छन् । 

केही दिनअघि परेको अविरल वर्षाले मुलुकभर ठूलो धनजनको क्षति भएको थियो । पश्चिम नेपालको विभिन्न स्थानमा पुगेर पीडितको अवस्थाबारे जानकारी लिएका प्रधानमन्त्री देउवा आइतबार बिहान सुनसरी पुगेका हुन् । 

प्रदेश १ मा बाढीपहिरोबाट भएका क्षति र यसबाट पीडित भएकाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री देउवा पूर्वी नेपालको भ्रमणमा आएका हुन् । उनी आइतबारै पाँचथर र इलाम पनि जाने कार्यक्रम छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *