×

एकीकृत समाजवादीद्वारा पदाधिकारीको टुंगो, कस्ले के पाए जिम्मेवारी ?

अशोज ७, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले उपाध्यक्ष, महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको छ।

बिहीबार बिहान बसेको सचिवालय बैठकले बेदुराम भुसाललाई महसचिव बनाउने निर्णय गरेको छ । त्यस्तै चार जना उपाध्यक्षहरु रहने भएका छन् । जसमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई परेका छन् ।

त्यस्तै उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।

यस्तै सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीले जिम्मा पाएका छन् ।

सचिवालयले नाम टुँगो लगाएसँगै केन्द्रीय समिति बैठकले पारित गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: