एमालेको अवरोधपछि ४ असोजसम्मका लागि संसद् बैठक स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २९

काठमाडौं – प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।’ 

मंगलबारको बैठकले विनियोजन विधेयक २०७८माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *