एमसिसी पारित हुँदैन: प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २२

काठमाडाैँ- माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना नेपालमा पारित नहुने घोषणा गरेका छन् ।

योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसिसीबारे अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नआएकाले एमसिसी पारित नहुने उद्घोष गरेका हुन्।

‘हामीले पठाएको कूटनीतिक नोटको जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन’, प्रचण्डले बैठकमा भनेका थिए।

एमसिसीबारे सडकमा विरोध प्रदर्शनहरु जारी रहँदा एमसिसी उपाध्यक्ष फातिमा सुमार मंगलबार नेपाल आउँदै छिन्।

सरकारले हालै एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर एमसीसीलाई पत्र पठाएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने तयारी सरकारको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *