कांग्रेसका नगर सभापति वडामै पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २२

बैतडी । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन्।

१४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भए।

विजयी भएका थापाले ५७ मत प्राप्त ल्याए भने चन्दले ५३ मत मात्रै प्राप्त गरेको मतदान अधिकृत सुरेन्द्र चन्दले बताए।

नगर सभापति चन्द जिल्ला समन्वय समितिका सदस्य पनि हुन्।

कूल १६ क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्नेमा २४ आकांक्षी देखिएका थिए। तीमध्ये महिला खुल्ला ३, महिला समावेशी २, अपाङ्ग १ र दलित १ मा सहमति भएको थियो।

यसबाहेका अन्य नौ खुल्ला प्रतिनिधिको लागि निर्वाचन भएको मतदान अधिकृत चन्दले बताए। दशरथचन्द –८ मा १२३ मतदाता रहेकामा १०१ निर्वाचनमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ।

यसैबीच उक्त वडामा चामुसिंह थापा वडा सभापतिसहित २८ जनाको वडाकार्य समिति भने निर्विरोध चयन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *