×

ओली राष्ट्रिय सभागृहमा, बृहत् कार्यकर्ता भेलालाई गरे सम्बोधन

भदौ १९, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले काठमाडौं महानगर कमिटीद्वारा राष्ट्रिय सभागृहमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।

अस्वस्थताका बाबजुद पनि ओलीले शनिबार दिउँसो बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिएका थिए ।

अत्यावश्यकबाहेक सबै भेटघाट बन्द गरिए पनि ओलीले एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: