माओवादी पहिलो पार्टी नभइ देश बन्दैनः प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले देश विकास हुनको निम्ती माओवादी पहिलो पार्टी बन्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंको जोरपाटीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएको जिकिर पनि गरे ।

“आज तपाईंहरूको पार्टी प्रवेशले के शक्तिशाली सन्देश दिएको छ भने अब मधेसमा अरू पार्टी होइन् । माओवादीले कब्जा जमाउँदैछ,” उनले भने ।

प्रचण्डले माओवादी पहिलो पार्टी नबनेसम्म राजनीतिक स्थायित्व, सम्मृद्धि, मुक्ति सम्भव छैन भन्ने प्रमाणित भइसकेको बताए ।

अर्को प्रसंगमा उनले सरकारलाई पूर्णता दिने, मन्त्री बाँडफाटको विषयमा भोलि पनि छलफल हुने बताए ।

माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गर्दै प्रचण्डले अभियान लिएर गाउँगाउँ जान कार्यकर्तालाई आग्रह पनि गरे । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उनले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिए । प्रचण्डले छिट्टै प्रदेश १ को सरकार ढल्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *