पूवमाओबादीका ४ जना कार्यकर्ता एमालेमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ६

काठमाडौं । पूर्व नेकपामाओबादीका चार जना नेताले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

सोलु सम्पर्क मञ्चको आयोजना तथा थुलुङ दुधकोशी गाउपालिकाको सहकार्यमा चावहिलको सत्कार क्याफेमा सञ्चालित पार्टी प्रवेश कार्यक्रममा विद्यार्थी नेता सिम्सन राई, सौगात राई, निमा थुलुङ राई र लाक्कुबीर राईले पार्टी प्रवेश गर्नुभएको हो ।

उहाँहरु चारैजना सोलुखुम्बु थुलुङ दुधकोशी गाउपालिकाकै स्थानीय हुनुहुन्छ । भोलिका दिनमा युवाहरुको भविष्य सुनिश्चित गराउने पार्टी एमालेले प्रवेश गरेका नवयुवालाई उनीहरुको पार्टीको निम्ती क्षमता र रुची अनुसारको जिम्मेवारी दिने निर्णय भएको जिल्ला कमिटी सदस्य बिशेष खालिङले बताउनुभयो ।

पार्टीमा देखिएको विभिन्न किसिमका असन्तुष्टि र व्यक्तिगत राजनितीक हावी भएको, केन्द्रियता लादिएको र हिजोका दिनमा लामो समय पार्टीमा रहेर आफ्नो भुमिका निर्वाह गरिरहेका कार्यकर्ताहरु माथि समातान्तर नभएका पार्टी प्रवेश गरिएको उक्त कार्यक्रममा बताइएको छ ।

सोलुखुम्बु जिल्ला काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कृष्णगोपाल शेषको सभापतित्वमा भएको कार्यक्रममको प्रमुख अतिथीमा प्रदेश कमिटी सदस्य महेश किराँती, विशिष्ट अतिथीमा पार्टी प्रदेश कमिटी सदस्य उत्तम कुमार बस्नेत अतिथीमा जिल्ला पार्टी सचिव आसकुमार राई ‘शिशिर’ लगायतको सहभागीता रहेको कार्यक्रका जिल्ला पार्टी सदस्य आङबाबु राईले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *