काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले केपी ओलीको प्रवृतिविरुद्ध निर्मम रुपमा विद्रोह गरेको बताउादै अझै लड्ने बताएका छन् ।
रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा बुधवार विहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीली प्रवृतिविरुद्ध लड्दै अब सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने बताए ।
संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न लामो लडाइँको निम्ति तयार रहन जरुरी रहेको बताउँदै उनले सम्पूर्ण उपलब्धिलाई धारासायी पार्ने प्रवत्ति कम्युनिस्ट पार्टी भित्रैबाट देखिएको र त्यसलाई परास्त गर्न आफूहरु सफल भएको भएपनि त्यसले पूर्णता पाउन नसकेको बताए।
केपी ओली प्रवृतिविरुद्ध विद्रोह गरेर आफूहरु रुपान्तरणको पक्षमा उभिएको र कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने प्रक्रिया जारी रहने प्रचण्डले बताए ।
उनले नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुलाई पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउन सक्नुपर्ने बताए।
यथास्थितिमा रहे विघटन र विससर्जनको खतरामा पर्ने डर रहेको बताउँदै उनले हजारौँ शहीदहरुको सपना शाकार पार्न अन्तिम समयसम्म लडेर नयाँ चिज बनाइ छाड्ने बताए।
यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे।
नयाँ ढंगले सोचेर स्वार्थी प्रवृत्तिमाथि विजय हाँसिल गर्नु अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाइ थियो।
उनले गणतन्त्र स्थापनापछि पार्टीका नेता कार्यकर्ताहरुमा क्रान्तिकारी प्रवृत्ति हराउँदै गएको बताए।
अहिले क्रान्तिकारी प्रवृत्ति हराएर व्यक्तिवाद हाबी हुँदै गएको र त्यसलाई परास्त गर्न सके मात्रै पार्टी सफल हुने उनले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया