पार्टी फुटाउन माधवले थाले हस्ताक्षर अभियान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १
madhap nepal

काठमाडौं । सरकारले आफू अनुकूलको अध्यादेश ल्याइदिएपछि नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ दल दर्ताको गृहकार्य थालनी गरेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने आफूनिकट नेताहरुसँग छलफल गर्दै उनले नयाँ पार्टी बनाउने अभियान थालेका हुन् ।

त्यस्को लागि नेपालले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेका छन्।

श्रोतका अनुसार विभाजनका लागि आवश्यक पर्ने संख्यामा केन्द्रीय सदस्यहरुको हस्ताक्षर जुटिसकेको छ।

माधव नेपालले नयाँ दल निर्माणका लागि आवश्यक कागजात र बन्दोबस्तीको व्यवस्थापनका लागि नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएका छन्।

पाण्डे हस्ताक्षर संकलनसहित अन्य आवश्यक कागजात जुटाउन लागि परेका छन्।

एमाले विवाद उत्कर्षमा रहँदा पाण्डेले माधव नेपाल ओलीसँग मिल्न गए पनि आफू नजाने बताउने गरेका थिए।

केही दिनअघि माधव समूहको आन्तरिक बैठकमा पनि पाण्डेले माधव नेपाल गए पनि आफू केपी ओलीसँग मिल्न नजाने बताएका थिए।

उनै पाण्डेलाई माधव नेपालले दल विभाजन सम्बन्धी हस्ताक्षरसहितका कागजात जुटाउने जिम्मेवारी तोकेका हुन्।

सरकारले दल फुटाउनको निम्ती २० प्रतिशत संख्या पुग्नेगरी अध्यादेशको सिफारिस गरेको छ । यसअघि ४० प्रतिशत संख्या आवश्यक थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *