×

महाकुलुङ गाउँपालिकाले गरेकाे केन्द्र निर्धारण सम्बन्धी वडा नं ४ ले निकाल्याे प्रेस विज्ञप्ती (विज्ञप्ती सहित)

काठमाडौं । महाकुलुङ गाउँपालिकाको केन्द्र निर्धारण सम्बन्धमा विभिन्न सामाजिक संजाल लगायत संचार माध्यमबाट आफना विचार सार्बजनिक हुने क्रम जारी रहेको छ । महाकुलुङ गाउँपालिकाको मिति २०७८ असार १० मा सम्पन्न सम्मानित छैटौं गाउँसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको निर्णय नं २५ को आधारमा २०७८ श्रावण २ गतेका दिन सम्पन्न भएको सातौँ गाउँसभाले तोकिएको शर्तको अधिनमा रहि यस गाउँपालिकाको केन्द्र निर्धारण गरेको जनाएको छ ।

प्रेस विज्ञप्ति
आदरणीय, महाकुलुङबासी दिदीबहिनी तथा दाजुभाईहरु,
हाल महाकुलुङ गाउँपालिकाको केन्द्र निर्धारण सम्बन्धमा विभिन्न सामाजिक संजाल लगायत संचार माध्यमबाट आफना विचार सार्बजनिक हुने क्रम जारी रहेको छ । यस क्रममा हामी महाकुलुङ गाउँपालिका वडा नं.०४ का प्रतिनिधिहरुलाई ब्यक्तिगत रुपमा लक्षित गरि विभिन्न प्रकारका तथ्यहिन आरोपहरु लगाई विशेषतः अशिष्ट र अश्लिल भाषाको प्रयोग गरि हाम्रो चरित्र हत्या गर्ने प्रयास गरिएको छ । हामी यस प्रकारको गैर राजनैतिक ब्यबहारको घोर भत्र्सना गर्दै सामाजिक संजाल तथा विभिन्न संचार माध्यममा प्रचार गरिए जस्तो कुनैपनि प्रकारको लोभ लालचमा नपरी आफनो विवेकको प्रयोग गर्दै यस महाकुलुङ गाउँपालिकाको मिति २०७८ असार १० मा सम्पन्न सम्मानित छैटौं गाउँसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको निर्णय नं. २५ को आधारमा २०७८ श्रावण २ गतेका दिन सम्पन्न भएको सातौँ गाउँसभाले तोकिएको शर्तको अधिनमा रहि यस गाउँपालिकाको केन्द्र निर्धारण गरिएको सम्पुर्ण आम महाकुलुङबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा जानकारी गराउँदछौं । गाउँपालिकाको केन्द्र निर्धारणको विषयलाई कतिपय क्षेत्रबाट असन्तुष्टि आईरहेको छ । नेपालको संविधानले आफनो स्वतन्त्र विचार राख्न पाउने अधिकारलाई सुनिश्चित गरेतापनि आफनो विचार वा फरक मत राख्ने क्रममा हाम्रो ब्यक्तिगत जिवनमा आँच आउने गरी आपसी सद्भाव, भाईबन्धुत्वको सम्बन्धमा समेत खलल पुर्याउने गरी हाम्रो विरुद्ध विभिन्न प्रकारका तथ्यहिन, मनगढन्ते प्रचार गरी समाजमा बिग्रह ल्याउने कोशिस गरिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस बिचमा गाउँपालिकाका जिम्मेवार ब्यक्तिहरुबाट नै भुगोल तथा राजनीतिक आस्थाको आधारमा प्रशासनिक केन्द्र छनौटको विषयलाई लिएर अश्लिल तथा असभ्य भाषा शैलीको प्रयोग गरी गाली गलौज गरेको देखियो । यस प्रकारको ब्यवहारले मिति २०७८ असार १० को सम्मानित गाउँसभाको निर्णयलाई नमानेको तथा गाउँसभाको गरिमालाई नै अपमान गरेको हाम्रो ठहर रहेको छ ।

महाकुलुङमा पछिल्लो समय देखिएको परिदृश्यको बारेमा नजिकबाट नियालेर बस्नुभएका आम सरोकारवाला, राजनीतिक दल, संचारकर्र्मीहरु, सबै जनालाई प्रशासनिक केन्द्र निर्धारणको प्रकृया तथा हालसम्म भएका प्रगतिका बारेमा जनप्रतिनिधि भएको हैसियतले सुशुचित गराउने जिम्मेवारी महसुस गरेका छौँ । महाकुलुङ गाउँपालिकाको प्रशासनिक केन्द्र छनौटको विषयमा विगतका वर्षहरुबाट नै प्रकृया अगाडि बढाईएको सबैलाई सर्बविदितै छ । यस बिचमा विभिन्न प्रकारका बाधा अड्चनका कारण यस प्रकृयालाई मुर्तरुप दिन नसकिएको यथार्थ हो । हाम्रो गाउँपालिकाको प्रतिष्ठा र गौरवसंग जोडिएको प्रशासनिक केन्द्र साविक बुङ गाविसलाई स्विकार गरी प्रशासनिक भवन निर्माणार्थ आवश्यक जग्गाको खोजी गर्ने तथा जग्गा प्राप्ति प्रकृयामा आईपरेका जटिलताहरुलाई समाधान गर्नका लागि हाम्रो वडाको तर्फबाट शतप्रतिशत सहयोग गरेको सबैमा जानकारी गराउन आवश्यक ठहर गर्दछौ । प्रशासनिक भवन निर्माणार्थ जग्गा प्राप्तिका लागि आह्वान गर्दा तोकिएको शर्तको अधिनमा रही प्राप्त भएको जग्गाहरु साविक बुङ गाविस स्थित दम्माई, गत्तेल, चोङ्खिदो र सर्सिलामध्ये छनौटका प्रकृया मिति २०७८ असार १० मा सम्पन्न महाकुलुङ गाउँपालिकाको छैटौं गाउँसभाको निर्णय नं. २५ को सर्वसम्मत निर्णय (१) गाउँपालिकाको प्रशासनिक केन्द्रको जग्गा एकै ठाउँमा ३५ रोपनी हुुनुपर्ने ९२० सूचनामा आह्वान भएअनुसार दम्माई, गत्तेल, चोङ्खिदो र सर्सिला गरी ४ स्थानबाट प्रस्ताव आएकोमा जग्गादाताले २०७८ असार मसान्तभित्र जग्गाको लालपुर्जा सहित सम्बन्धित जग्गाको स्वामित्व हस्तान्तरण गरेको मन्जुरीनामा पेश गर्नुपर्ने (३) तोकिएको समयमा बुँदा नं. २ अनुसारको शर्त पुरा भएका स्थानलाई प्रशासनिक भवन निर्माण केन्द्रको रुपमा छनौट लोकतान्त्रिक पद्धती (चुनावी प्रकृया) द्धारा गर्ने र उक्त प्रकृयामा प्रथम प्राथमिकतामा परेको स्थानलाई प्रशासनिक केन्द्रको छनौट प्रकृयामा लगेर बाँकी प्राथमिकतामा आएकालाई बैकल्पिक केन्द्रको रुपमा सुचिकृत गर्ने (४) छनौट भएको स्थानको जग्गा दाताहरुले छनौट भएको मितिले २ महिना भित्रमा जग्गा गाउँपालिकाको नाम पास गरिसक्नु पर्ने । यदि, छनौट भएको स्थानका जग्गादाताले ३५ रोपनी जग्गा तोकिएको मितिमा गाउँपालिकाको नाममा पास नगरेमा दोश्रो प्राथमिकतामा परेको स्थानका जग्गादाताले १ महिना भित्रमा आफनो जग्गा गाउँपालिकाको नाममा पास गर्नुपर्ने र दोश्रो स्थानमा पनि सो प्रकृया असफल भएमा तेश्रो प्राथमिकतामा रहेका जग्गादाताले १५ दिनमा आफ्नो जग्गा गाउँपालिकाको नाममा पास गराउनुपर्ने (५) गाउँपालिकाको प्रशासनिक भवनका लागि माग गरेको जग्गा एकै स्थानमा विभिन्न ब्यक्तिहरुको नाउमा भएपनि पालिकाको नाममा पास गर्दा एउटै कित्ता हुनुपर्ने (६) पालिकाको नाउमा प्राप्त हुने ३५ रोपनी जग्गा भित्र कुनैपनि किसिमको नीजि घर, गैरसरकारी संघ सस्थाको नाउँमा जग्गा र भवन संरचना नभएको हुनुपर्ने (७)माथि उल्लेख भएअनुसार प्राप्त हुने ३५ रोपनी जग्गा गाउँपालिकालाई मन्जुरीनामा प्राप्त भएपछि मात्र अमिनबाट नाप नक्सा गराई माग भएको जग्गा मात्र प्राप्त हुने यकिन भएमा जग्गा पासको प्रकृया अगाडि बढाईने (८) महाकुलुङ गाउँपालिको प्रशासनिक भवनको जग्गाा प्राप्ति सम्बन्धमा २०७८ असाढ मसान्तभित्र जग्गाको स्थान प्राथमिकीकरण गरी छनौट गर्नका लागि २०७८।०४।०२ गते गाउँपालिकाको विशेष अधिवेशन आह्वान गरी गाउँसभाबाट प्रकृयामार्फत छनौट गर्ने सर्वसम्मतिले निर्णय पारित गरियो । यसको आधारमा साविक बुङ गाविस स्थित सर्सिलालाई २०७८।०४।०२ गते गाउँपालिकाको विशेष अधिवेशनद्धारा निर्धारण गरिएको हो ।

यसरी प्रकृयागत रुपमा पालिकाको प्रशासनिक भवन निर्माणार्थ केन्द्र निर्धारण गर्दै गर्दा सर्सिला नै किन भन्ने विषयमा ब्यापक प्रश्न सिर्जना गरिएको छ । साथै, उक्त स्थान छनौटका क्रममा यस वडा नं. ०४ का प्रतिनिधिहरु लोभ लालच (घडेरीको प्रलोभन) मा परी निर्णय गरेको जस्ता प्रचार केही स्वार्र्र्थी तथा अराजक समुहबाट आरोप आएकोले उक्त आरोपको खण्डन गर्न चाहन्छौं, र उक्त आरोपको पुष्टि गर्न चुनौति दिन चाहान्छौ । साथै, २०७८।०४।०२ गते गाउँपालिकाको विशेष अधिवेशन मार्फत सर्सिला केन्द्र निर्धारण तपशिल अनुसारको सवल पक्षहरुको कारण छनौट भएको जानकारी गराउन चाहन्छौं ।

तपशिल
१, अनुगमनका क्रममा तोकिएको ३५ रोपनीभन्दा बढी जग्गा क्षेत्रफल रहेको तथा पहिरोजस्तो विपदको जोखिम नरहेको ।
२, सडक संजालको सहज पहुँच रहेको ।
३, भविष्यमा छिमेकी गाउँपालिकासंग गाभेर नगरपालिका बनाउनु पर्ने परिस्थिति आएमा नगरपालिकाको केन्द्र बनाउन उपर्युक्त तथा नगरपालिका सहितको संरचना बनाउन समेत पर्याप्त जग्गा प्राप्त गर्न सकिने ।
४, जग्गा फराकिलो भएको कारण विभिन्न विषयगत अन्य कार्यलयहरु एकै स्थानमा स्थापना गरी एकीकृत सेवा एकै स्थानबाट दिन सकिने । र, महाकुलुङ अस्पताल समेत नजिक रहेको ।
यसरी महाकुलुङ गाउँपालिकाको केन्द्र निर्धारण गर्दै गर्दा गाउँपालिकाको निर्णयलाई लत्याएर आगामी दिनमा यस्ता सार्बजनिक सरोकारको सन्दर्भमा विषय बस्तुको गहिराईमा पुगेर सत्यतथ्य सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गर्दै हामी जहिल्यै पनि महाकुलुङबासी जनताको पक्षमा रहेको जानकारी गराउदछौं । धन्यावाद ⁄
जय महाकुलुङ ।।
वडा नं. ०४ का जनप्रतिनिधीहरु
१. जय कुवेर कुलुङ ( अध्यक्ष)
२. युविका कुलुङ ( महिला सदस्य )
३. कमला बि. क. ( दलित महिला सदस्य )
४. नारद मणि कुलुङ ( सदस्य )
५. रविन कुलुङ ( सदस्य )

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: