×

संसद् विघटनसम्बन्धी मुद्दाको छलफलका लागि चार सदस्यीय एमिकस क्युरी गठन गरिने

जेष्ठ २६, २०७८ | दाक्सु मिडिया

२६ जेठ, काठमाडौं । सर्वोच्च अदालतद्वारा संसद् विघटनसम्बन्धी मुद्दामा दायर रिटमा दुवै निवेदक पक्षका र विपक्षका तर्फबाट गरी ३० घण्टा समय तोेकिएको छ ।

आदेशमा भनिए अनुसार “इजलासमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लागि सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कुल तीन घण्टा समय गरी १५ घण्टा बहसका लागि समय प्रदान गरिनेछ । सरकारी वकिलहरुसहित प्रत्यर्थीहरु तर्फका सबै कानुन व्यवसायीका लागि कुल १५ घण्टा मात्र कार्य समय (बहस समय) प्रदान गरिनेछ।,”

चारजना कानुन व्यवसायी अर्थात् एमिकस क्युरीलाई अदालतको सहयोगीका रुपमा उपसिथ्ति गराइने छ । उनीहरुका लागि बढीमा दुईघण्टा समय उपलब्ध हुने छ ।

“अदालतको सहयोगीका रुपमा उपस्थित हुनुहुने कानुन व्यवसायीका लागि जनही आधा घण्टाका दरले चारजनाको लागि कूल दुई घण्टामात्रै बहसका लागि समय प्रदान हुनेछ,” आदेशमा भनिएको छ, “रिट निवेदक तथा प्रत्यर्थीहरुका तर्फबाट बहसका लागि उपस्थित हुनुहुने कानुन व्यवसायीहरुले उपरोत्त अनुसार निर्धारित समय–सीमाभित्र बहस कार्य सम्पन्न गर्नका लागि सर्वोच्च अदालत नियमावली, २०७२ को नियम २१ को उपनियम (१०) बमोजिम प्रमुख कानुन व्यवसायी र अन्य कानुन व्यवसायीको संख्या, बहस गर्ने बुँदा एकीन गर्ने र उपरोक्त समय–सीमाभित्र सीमित रही आपसमा समय विभाजन गरी बहस व्यवस्थापन गर्नेलगायतका कुराहरु सम्बन्धित पक्षका कानुन व्यवसायीहरु स्वयम्ले नै आपसमा समन्वय कायम गरी एकिन र व्यवस्थित गर्नुपर्ने कुराको जनाउ सम्बन्धित पक्षहरुलाई दिनू ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: