प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमा सुनुवाई

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १३

१३ जेठ, काठमाडौं । राष्ट्रपतिद्वारा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सांसदको बहुमतले समर्थन भएतापनि प्रधानमन्त्री नियुक्त नगरेको आरोपमा परेको रिटमा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ।

सर्वोच्चले जनाए अनुसार आजदेखि १९ रिटमा र शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने छ ।

पूर्व प्रधानमनत्री द्वय नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा अर्का पूर्व प्रधामन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा रिट लिएर सर्वोच्च पुगेका थिए ।

देउवालाई १४९ सांसदले प्रधानमन्त्रीका लागि समर्थन गरे पनि दाबी नपुगेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा सोही दिन प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

राष्ट्रपतिको सोही कदमपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च गएका थिए । विपक्षी गठबन्धन राजनीतिक र कानुनी लडाइँ सँगसँगै लड्नेभन्दै अगाडि बढेका हुन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *