×

विपक्षी गठबन्धन १४९ सांसदहरूको हस्ताक्षर सहित अदालत जाँदै

जेष्ठ ९, २०७८ | दाक्सु मिडिया

९ जेठ , काठमाडौं । विपक्षी गठबन्धनद्वारा आज प्रतिनिधिसभा विघटन र मध्यावधि घोषणा विरुद्ध सर्वोच्च अदालत गइने भएको छ । असन्तुष्ट पक्षहरु (प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमाले)का १४९ सांसद हस्ताक्षरसहित आज अदालत जाने तयारी भएको हो।

शनिबार बसेको ५ दलको सर्वपक्षीय बैठकले प्रतिनिधि सभा विघटन विरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकाल्दै १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने  निर्णय गरेको थियो । 

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएकोभन्दै खारेज गर्नुका साथै संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

यसैबीच, संयुक्त गठबन्धनले आज संसदीय दलको बैठक पनि बोलाएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: