वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री ओली बिच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३०

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट हुने भएको छ ।आज हुने वार्तामा दुई नेताबीच एमालेको एकताबारे निर्णय गरिने स्रोतले जनाएको छ।

वार्तालाप हुने समय र स्थान भने सार्वजनिक गरिएको छैन ।

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने अडान नेपाल समूहले राख्दै आएको छ। आज बेलुकी ४ बजेसम्म पनि ओलीले आफ्नो माग पूरा नगको खण्डमा आफू निकटका सांसदहरुको राजीनामा दिने नेपाल समूहको चेतावनी रहेको छ ।

बिहीबार नै ओलीनिकट नेता बिष्णु पौडेलले नेपाल निवास कोटेश्वरमा पुगेर उनीसँग छलफल गरेका थिए । त्यसपछि बालुवाटारमा बसेको एमालेको बैठकले नेता नेपालसहित ४ नेताहरुमाथि गरिएको निलम्बन फुकुवा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्नको लागि दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ । नयाँ सरकारको लागि नेपाली कांग्रेसलाई माओवादी केन्द्र तथा जसपाको उपेन्द्र यादव – बाबुराम भट्टराई समूहले साथ दिएको भए पनि महन्थ ठाकुर समूहले सहयोग गरेको छैन । त्यस्तै, नेपाल समूहका सांसदले राजीनामा दिएको अवस्थामामात्रै नयाँ सरकार गठन हुने हुँदा यसको लागि दौडधुप चलिरहेको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *