
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् ।
प्रतिनिधि सभा बैठक सुरु हुनुभन्दा अगाडी बिहान १० बजे उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाउने कार्यक्रम रहेको स्थास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
प्रतिनिधि सभा बैठक आज अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ । अन्य मन्त्री तथा सांसदले भने यसअघि नै सिभिल अस्पतालमा खोप लगाइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया