काठमाण्डौ । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।
कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए ।
अहिलेलाई एक हजार एक सय रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिने भएको छ । यस अघि पशुपतिनाथ मन्दिरमा एक हजार एक सय देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको थियो ।
कोषले स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै महाशिवरात्रिको अवसर पारेर विशेष पूजा खुला गर्न लागेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि रहि आएको छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया