अभियुक्त दिनेश भट्टको डीनएसँग मिल्यो भजाइनल स्वाब

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १२

काठमाडौं – बैतडीकी भागरथी हत्या प्रकरणका अभियुक्त दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । सामाखुशीस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको उनले बताए ।
प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै फागुन ४ गते पक्राउ गरेको थियो । त्यसबेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

उनलाई फागुन २६ मा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । सुधार गृहमा रहेका बेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी माघ २२ मा घरबाट विद्यालय गएकी थिइन् । तर, फर्किएर आइनन् । माघ २३ मा उनको शव खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *