काठमाडौं – बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत आज रिहा भएका छन्। बिनय जंग ६० हजार धरौटी मा रिहा भएका छन। रिहा हुने बितिकै बिनय जंगलाई सम्मान गर्न केहि सामाजिक अभियान्ता पनि पुगेका थिए। अदालतबाट बाहिर निस्किने बितिकै बिनयले रुदै भने सत्यको जित हुन्छ।
मैले केहि गल्ति गरेको थिइन् तर पनि मलाई जेल पाठाइयो। आफ्नो भनेर भरोसा गर्नु नै गलत थियो भनेर आफ्नो अभिवाक्ति दिए। बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अ श्लिल फोटो सार्वजनिक गरिदिन्छु भनेर ध म्क्याउ ने विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको थियो । महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
यस अघि बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट पक्राउ गरेको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।
प्रहरीले सुरूमा बस्नेतमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो।
यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव ज लाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।
बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएका थिए र काठमाडौंमा बेवारिशे शव ज लाउने काम गर्थे । सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा दरार आएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया