×

मुस्लिम आयोगको विशेष वक्तामा मुस्कान

फाल्गुन २६, २०७७ | दाक्सु मिडिया

काठमान्डौं – नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो ।

बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गरे । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिड बिरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताइन् । एसिड बिरुद्ध जनचेतना जगाउने काममा आफू सधै लाग्ने पनि बताइन् ।

केहि दिन अघि अमेरिकी सरकारले समाजमा क्रियाशिल भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विशेष सम्मान पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: