कैलालीमा एमालेका ओली र माधव पक्षबीच हानाहान

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २६

कैलाली – कैलालीमा एमालेका दुई समूहबीच झडप भएको छ ।

पार्टी कार्यालयको बाहिर राखिएको नेमप्लेटको विषयलाई लिएर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा नेता माधव नेपाल समर्थिक कार्यकर्ताबीच हानाहान भएको हो ।

पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए ।

उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका हुन् ।

नेमप्लेट हटाएपछि झडप भएको हो । विवाद बढ्दै गएपछि दुई पक्षबीच हानाहान भएको हो । उक्त घटनामा कोही पनि गम्भीर घाइते नभएको पनि जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *