काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनविरुद्ध आफूहरूसँग नै रहेको दाबी गरेका छन्।
मंगलबार चितवनको भरतपुरमा सीटि हलको निरिक्षणपछि पत्रकारसँगको कुराकानीका क्रममा उनले अतिवादी आन्दोलनमा नजाने र शान्तिपूर्ण राजनीतिमा नै सक्रिय रहने दाबी गर्दै भने,‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक हो। गुटमा रहेका कारण ओली पक्षका सांसद नबोलेका हुन्।’
चुनाव भएको खण्डमा जाने या नजानेबारे केही प्रतिक्रिया नदिएका उनले संसद पुनःस्थापना भएको खण्डमा प्रधानमन्त्री पदमा आफूले दाबी नगर्ने बताए। उनले केही दिनमा नै कांग्रेस र जनता समाजवादी पार्टीसँगको सहकार्यमा संयुक्त आन्दोलन हुने पनि दाबी गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया