राज्यविरूद्धको कसुर दफा ५८ अनुसार रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी बुझाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २९

काठमाडौं– नेपाल प्रहरीले नेकपा नेत्री रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसुर दफा ५८ अनुसारको पक्राउ पुर्जी बुझाएको छ।

घरभित्र झाँक्रीलाई भेटेर प्र्रहरीका अधिकारीले उक्त पुर्जी बुझाएका हुन्।

झाँक्रीले गिरफ्तारी दिने भएकी छन्। घरअगाडि कार्यकर्ताको ठूलो भिड जम्मा भएपछि कसरी महाशाखासम्म जाने भन्ने विषयमा प्रहरी अधिकारीसँग उनले छलफल गरेकी छन्।

शंखमुलस्थित झाँक्री निवासमा कार्यकर्ताले रोकेपछि ठूलो संख्या नेपाल प्रहरी परिचालन गरिएको छ। झाँक्रीको घरअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्।

झाँक्रीको गेटमा हाते साङ्लो बनाएर कार्यकर्ताले रोक्ने प्रयास गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *