×

समुद्री खानाबाट फैलिएको थियो कोरोना : डब्लुएचओ

माघ २४, २०७७ | दाक्सु मिडिया

वुहान – वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरूले जनाएका छन् ।

कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट यो विस्तार भएको अनुमान गरिएको विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले दिएको प्राप्त समाचारमा जनाइएको छ । चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो ।

त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन ।

हालै उनीहरूले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको पाइएको बताएका छन् ।

तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरूले बताएका छन् । उनीहरूले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरूले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: