उग्ररुप लिँदै आम हड्ताल, सुर्खेतमा मोटरसाइकलबाट झारेर कुटपिट

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २२

सुर्खेत – नेकपा आम हड्तालमा उत्रिएको प्रचण्ड–नेपाल समूह सुर्खेतमा उग्र बनेको छ । समूहका नेतृत्व गर्ने प्रचण्ड र माधव कुमार नेपालले शान्तिपूर्ण आन्दोलनको दाबी गरिरहेको बताए पनि युवा समूह भने उग्र बन्दै गएको छ ।

हड्तालमा सहभागीले सुर्खेतको बुलबुले गेटनजिकै पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका एक युवकलाई मोटरसाइकलबाट झारेर कुटपिट गरेका छन् ।

प्रदर्शनकारीले दैलेख भैरवी गाउँपालिका–१ का जोरासिंह विष्टलाई युवाहरुले मोटरसाइकलबाट झारेर सामूहिक रूपमा कुटपीट गरेको जनाइएको छ ।

त्यसअघि उपत्यकामा बिहानै एउटा ट्याक्सीमा आगजनी गरिएको थियो भने चारवटा ट्रक तोडफोड गरिएको छ । त्यस्तै धरानमा प्रदर्शनकारी र स्थानीय मजदुरबीच झडप भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *