×

वीरका चिकित्सक धर्नामा, इमर्जेन्सीबाहेकका सेवा बन्द

माघ २०, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – वीर अस्पतालका चिकित्सकले कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता पाएनन् । लामो समयसम्म पनि भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु पुनः धर्नामा बसेका छन् ।

कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरूले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।

मंगलबार बिहानदेखि धर्नामा बसेका उनीहरूले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: