|
२०८३ आश्विन ११
नवलपरासी । कालीगण्डकीमा आएको बाढीले पुलको पहुँचमार्ग बगाएपछि नवलपुरबाट पोखरा जाने छोटो सडकमार्ग अवरुद्ध भएको छ।
नवलपुरतर्फको पहुँचमार्ग कटानमा परेपछि बौदीकाली–२ डेढगाउँ र तनहुँको घिरिङबीचको सडक सम्पर्क टुटेको हो। पुलको पहुँचमार्गसँगै नजिकको भागमा समेत कटान भएपछि सवारीसाधन र पैदलयात्रुको आवागमन रोकिएको प्रहरीले जनाएको छ।
यो सडकबाट नवलपुर, तनहुँ, स्याङ्जा, पाल्पालगायतका क्षेत्रमा दैनिक आवतजावत हुने गरेको थियो। बाटो बन्द भएपछि स्थानीयको नियमित यात्रा प्रभावित भएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्