|
२०८३ असार २२
जनकपुरधाम ,असार २२ । जनकपुरधाम उपमहानगरपालिकाले सडकमा पशुचौपाया छाड्ने व्यक्तिविरुद्ध कडाइ गर्दै जरिवाना अभियानलाई तीव्र बनाएको छ।
उपमहानगरपालिकाका अनुसार हालसम्म पाँच सयभन्दा बढी छाडा पशु नियन्त्रणमा लिइएको छ भने सम्बन्धित धनीहरूबाट सात लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। नियमअनुसार पशु छाड्ने व्यक्तिलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ।
स्थानीय सरकारका पदाधिकारीहरूले छाडा पशु व्यवस्थापनलाई सुरक्षित सहरी वातावरण, सार्वजनिक स्वास्थ्य र पशु कल्याणसँग जोडिएको विषय भएको उल्लेख गर्दै सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्