|
२०८३ जेष्ठ २३
मुस्ताङ । गर्मीयाम सुरु भएसँगै जोमसोम अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ।
अस्पतालका अनुसार स्थानीय बासिन्दा जिल्ला फर्किनु, पर्यटकको आगमन बढ्नु तथा लेक लाग्ने लगायत विभिन्न स्वास्थ्य समस्याका कारण सेवाग्राहीको चाप बढेको हो। विशेषगरी मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने पर्यटकहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
सीमित पूर्वाधार र शय्यामा सेवा दिनुपर्दा व्यवस्थापनमा चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्