काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकीकरणमा नेता हृदयेश त्रिपाठीले दुई बुँदे फरक मत राखेका छन् । आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको त्रिपाठीले जनाएका छन् ।
नेपाल जस्तो विविधतायुक्त देशमा अहिलेकै संसदीय प्रणाली र मिश्रित निर्वाचन प्रणाली ठीक भएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
गत २४ मंसिरमा हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी (जप्रपा), वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र लोसपाले पार्टी एकीकरण गरेका थिए ।
त्यसपछि पुसमा लोसपा र जसपा नेपाल बीच एकीकरण भयो । यो एकीकरणले निर्वाचन आयोगबाट समेत मान्यता प्राप्त गरिसकेको छ ।
त्रिपाठी नेतृत्वको जप्रपा र लाल अध्यक्ष रहेको तमलोपाको अथक प्रयासपछि लोसपासँग एकीकरण भएको र त्यसपछि लोसपा र जसपा एकता प्रक्रिया अगाडि बढेको त्रिपाठीले उल्लेख गरेका छन् ।
जसपा–लोसपा एकीकरण हुँदा जप्रपा र तमलोपालाई कुनै जानकारी नदिएको त्रिपाठीको आरोप छ । तमलोपा एकीकरण प्रक्रियबाट बाहिरीसकेको छ ।
फागुन २१ गतेको निर्वाचनमा त्रिपाठी जसपा नेपालकै चुनाव चिह्न ढल्केको छाता लिएर उम्मेदवार बनेका थिए । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)–१ बाट उठेका उनले ७ हजार ८२३ मत प्राप्त गरेका थिए ।
निर्वाचन आयोगबाट मान्यता प्राप्त हुनुलाई भने त्रिपाठीले सकारात्मक भनेका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्