कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३०

काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको हो । विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११स्५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् ।

विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइटमा रहेको छ।

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । उक्त परीक्षामा माध्यमिक तह ९कक्षा १०० को पाठ्यक्रममा आधारित रहेर १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

महानगरपालिकाले शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाका अनुसार, गत शैक्षिक सत्र (२०८२) मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *