|
२०८३ बैशाख १८
काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार काठमाडौँ १४ फोहोर मैला सङ्कलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । भट्टराईका अनुसार उनको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएका थिए ।
सरकारले शुक्रबार सो क्षेत्रमा डोजर लगाएको छ । यसअघि बुधबार साँझ सो क्षेत्र खाली गर्ने सूचना जारी गरेको थियो ।
यसअघि थापाथली सुकुमबासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको समाचार आए पनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्