काठमाण्डौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन अन्ततः सहमितमा भएको छ । पार्टीभित्र लामो समयदेखि जारी आन्तरिक प्रतिस्पर्धा र समूहगत रस्साकस्सीबीच अब भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा अघि सार्ने सहमति बनेको छ। यद्यपि औपचारिक प्रक्रिया पूरा गर्न भने अझै केही समय लाग्ने देखिएको छ।
दलको नेतामा आङ्देम्बेलाई अघि बढाउने सहमति भएको महामन्त्री प्रदीप पौडेलले बताए। यसअघि अर्जुननरसिंह केसी, आङ्देम्बे र मोहन आचार्यबीच दाबी रहँदा चयन प्रक्रिया लम्बिएको थियो । आङ्देम्बेलाई संस्थापन र इतर दुवै पक्षको समर्थन जुट्दै जाँदा सर्वसम्मत नेतृत्व चयनको वातावरण बनेको छ ।
पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहको समर्थन आङ्देम्बेलाई मिल्नु निर्णायक मानिएको छ।
सभापति गगन थापासहित शीर्ष नेताहरूबीच आइतबार दिनभर भएको छलफलपछि सहमतिको आधार तयार भएको हो । उपसभापति विश्वप्रकाश शर्माले सर्वसम्मत नेतृत्व चयनका लागि उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरेले पनि सहमति खोज्ने प्रयास तीव्र पारेका थिए ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्