सहकारी सदस्यको बचत फिर्ता गर्ने कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०८३ स्वीकृत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाण्डौँ । सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न स्थापना भएको चक्रीय कोषमा २५ करोड रुपैयाँ मात्रै सरकारले राख्ने भएको छ । सरकारले चक्रीय कोष कार्यविधि स्वीकृत गर्दै चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेअनुसारको २५ करोड रुपैयाँ मात्रै दिने भएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पूँजीको व्यवस्था गरिएको थियो । सो अनुसार अर्थमन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

हाल संघ, प्रदेश र स्थानीय तीनै तहबाट सहकारीको नियमन भइरहेको छ । सबै तहका सरकारले आआफ्नो कार्यक्षेत्रका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने गरेका छन् । तर, सरकारले देशभर कार्यक्षेत्र भएका सहकारीलाई मात्रै लक्ष्यित गर्दै चक्रीय कोष स्थापनाको कार्यविधि बनाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *