सार्बजनिक सवारीको भाडा ९.८ प्रतिशतले बढाउन सिफारिस

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाण्डौ । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ ।

विभाग स्रोतकाअनुसार विभागले बुधबार मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत र ढुवानीका सवारीका लागि पहाडीमा करिब १४ प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्ने गरी सिफारिस गरेको छ ।

गत चैत २५ गते विभागले अन्तरप्रदेशको रुटमा चल्ने सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइसकेको भन्दै यातायात व्यवसायीले सरकारसमक्ष भाडा बढाउन माग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *