|
२०८३ बैशाख ५
काठमाडौँ— देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयमा अब ‘एकद्वार सेवा प्रणाली’ लागू गरिने भएको छ। सेवा प्रवाहलाई छिटो, सहज र नागरिकमैत्री बनाउन गृह मन्त्रालयले नौ बुँदे निर्देशन जारी गरेको हो।
मन्त्रालयले चालु आर्थिक वर्षमै आवश्यक व्यवस्था मिलाउन र आगामी वर्षका लागि न्यूनतम बजेट प्रस्ताव गर्न कार्यालयहरूलाई भनेको छ। निर्देशनमा सहायता कक्ष, टोकन प्रणाली, गुनासो व्यवस्थापन, बिचौलिया नियन्त्रण र कर्मचारी तालिमजस्ता विषय समेटिएका छन्।
सरकारले केही जिल्लामा सफल भएका अभ्यासलाई देशभर विस्तार गर्दै सेवामा पारदर्शिता र प्रभावकारिता बढाउने लक्ष्य लिएको जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्